निजामति प्रवेशको उमेर घटाउन प्रस्ताव : बौद्धिक पलायन झन बढ्ने खतरा

काठमाडौं। लोक सेवा आयोगले निजामति प्रवेशको उमेर घटाउन प्रस्ताव गरेको छ। आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा निजामति प्रवेशको उमेर घटाउन प्रस्ताव गरेका हुन्।

Advertisement 1

उनले निजामति प्रवेशको उमेर पुरुषको हकमा ३२ वर्ष र महिलाका हकमा ३७ वर्ष हुनुपर्ने प्रस्ताव गरेका हुन्। विद्यमान व्यवस्थाअनुसार निजामति प्रवेशको उमेर पुरुषको हकमा ३५ वर्ष र महिलाको हकमा ४० वर्ष रहेको छ।

विद्यमान व्यवस्था परिमार्जन गरेर उमेर घटाउनुपर्ने विषयमा समितिमा छलफल भइरहेको छ। तर, निजामति प्रवेशको उमेर घटाएमा बौद्धिक पलायन झनै बढ्ने चिन्ता सरोकारवालाहरुले व्यक्त गरेका छन्। उसै त बौद्धिक पलायन बढिरहेको स्थितिमा निजामति प्रवेशकै उमेर घटाए बौद्धिक पलायन झनै बढ्ने कर्मचारी संगठनका नेताहरुले बताएका छन्।

Advertisement 2

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति केन्द्रिय समितिका अध्यक्ष अम्बादत्त भट्टले बौद्धिक पलायन रोक्न निजामति प्रवेशको उमेर बढाउनुपर्ने आवश्यकता रहेको बताए। उल्टै उमेर घटाउन विधेयकमार्फत गरिएको प्रस्तावप्रति उनले खेद प्रकट गरे। ‘बौद्धिक पलायन रोक्न निजामति प्रवेशको उमेर बढाउनुपर्नेमा घटाउन प्रस्ताव गरिएको छ। यो समय सान्दर्भिक छैन,’ उनले भने, ‘निजामति प्रवेशका लागि विद्यमान अवस्थामा रहेको उमेरहद चलाउन आवश्यक छैन।’

त्यस्तै एकीकृत सरकारी कर्मचारी संगठन नेपालका अध्यक्ष यमबहादुर खत्रीले निजामति प्रवेशको उमेर घटाउन नहुने बताए। ‘बढाउनुपर्ने आवश्यकता रहेका बेला घटाउनुपर्ने प्रस्ताव स्वीकार्य छैन,’ उनले भने।

Advertisement 3

निजामित कर्मचारी सम्बन्धी प्रस्तावित विधेयकमा विभिन्न समितिमा छलफल चलिरहेको छ। विभिन्न कर्मचारी संगठनहरुले विधेयकमा संशोधन हाल्न लगाएका छन्।

प्रकाशित :२०८१ पुष १९, शुक्रबार १४:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry