५ सय रुपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौं। बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको मूल्य ५ सय रुपैयाँले बढेको हो।

Advertisement 1

बिहीबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार ५ सय रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ। बुधबार सुनको कारोबार प्रतितोला १ लाख ५१ हजार रुपैयाँका दरले भएको थियो।

त्यस्तै बुधबार प्रतितोला १७ सय ६५ रुपैयाँका दरले कारोबार भएको चाँदीको मूल्य बिहीबारका लागि १७ सय ९० रुपैयाँ तोकिएको छ।

प्रकाशित :२०८१ पुष १८, बिहीबार १०:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry