१७औँ नेपाल चीन तिब्बत आर्थिक तथा व्यापार मेला सुरु

काठमाडौं । १७ औँ नेपाल चीन तिब्बत आर्थिक तथा व्यापार मेला सुरु भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सोमबार मेलाको भृकुटिमण्डपमा उद्घाटन गरेका हुन् ।

Advertisement 1

नेपाल सरकार र चीनको स्वशासित क्षेत्र तिब्बतको वाणिज्य विभागबीच भएको सम्झौता अनुसार यस पटक नेपालमा सुरु भएको आर्थिक तथा व्यापार मेला पाँच दिनसम्म चल्नेछ ।

व्यापार मेलामा चीनको स्वशासित क्षेत्र (तिब्बत) का सरकारी प्रतिनिधिको रूपमा चीनको स्वशासित क्षेत्र तिब्बत सरकारका उपाध्यक्ष लाङ फुकुनको नेतृत्वमा पाँच सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलसहित करिब १२० जना व्यापारी प्रतिनिधि सहभागिता भएका छन् । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशकले चिनियाँ प्रतिनिधीमण्डलको स्वागत गरेका हुन् । मेलामा विशेष रुपमा चीनको तिब्बत सरकारका उपप्रमुख उपस्थित भएका छन् ।

Advertisement 2

यस अघि १५ औँ संस्करण २०७२ सालमा काठमाडौंमा नै भएको थियो भने १६ औं सस्करण तिब्बतको सिगात्सेमा भएको थियो । स्वीकृत दरबन्दी भन्दा एकदमै थोरै कर्मचारी रहेको केन्द्रले मेलामा स्टल व्यवस्थापन र सजावट भने एकदमै राम्रोसँग गरेको छ । नेपाली व्यापारी र उद्योगीको मेलाको उद्घाटन समारोहमा राम्रो चहल पहल देखिएको थियो । मेला अवलोकन गर्नेका लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतमा दुई वर्षमा आलोपालो हुने गरी आर्थिक तथा व्यापार मेला आयोजना गर्ने सम्झौता बमोजिम यस पटक नेपालमा मेला आयोजना गरिएको हो । नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको वाणिज्य विभागबीच सन् १९९० मा सम्पन्न आर्थिक तथा व्यापार मेला दुई वर्षमा आलोपालो हुने गरी सम्झौता गरिएको थियो । सोही सम्झौता अनुसार यस पटक नेपालमा आयोजना गरिएको हो । नेपाल चीनबीच दुई पक्षीय आर्थिक र व्यापारिक सम्बन्ध अझ विस्तार गर्ने मेलाको प्रमुख उद्देश्य रहेको छ ।

Advertisement 3

चीनको स्वशासित क्षेत्र तिब्बतका स्टलमा परम्परागत जडीबुटी, कृषिजन्य उत्पादन, आधुनिक कृषि औजार, चिया, विद्युतीय उपकरण, घरायसी प्रयोगका साधन, कार्पेट, पेय पदार्थ, परम्परागत हस्तकलाका सामान, परम्परागत धूप, दुई पाँग्रे, तीन पाङ्ग्रे र चार पाङ्ग्रे विद्युतीय सवारी साधन, सौन्दर्य प्रशोधनका अतिरिक्त विभिन्न व्यापारिक कम्पनीले समेत भाग लिएका छन् ।

यसै गरी नेपालको तर्फबाट १५ वटा स्टल रहेका जनाइएकाे छ । नेपाली स्टलमा जडीबुटी, सारयुक्त सुगन्धित तेल, कफी, चिया, हस्तकला र काष्ठकला, धातुकला, कार्पेट, पस्मिना लगायतका विभिन्न कम्पनीका उत्पादन प्रर्दशनमा राखिएका छन् । मेलाको अवसरमा दुई पक्षबीच बि–टु–बी, बि–टु–जी र जी–टु–जी लगायतका व्यावसायिक मिटिङको आयोजना गरिएको छ ।

प्रकाशित :२०८१ बैशाख १७, सोमबार २१:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry