नेपाल टेलिकममा २७० जनालाई रोजगारीको अवसर (विज्ञापनसहित)
नेपाल टेलिकमले विभिन्न २० पदका लागि एकै पटक २ सय ७० जना कर्मचारी माग गरेको छ । टेलिकमले उपप्रबन्धक, बरिष्ठ इन्जिनियर,बरिष्ठ लेखा अधिकृत,बरिष्ठ प्रशासकीय अधिकृत,व्यापार अधिकृतदेखि जुनियर टेक्निसियनका लागि विज्ञापन खुलाएको हो । विज्ञापन अनुसार,तेश्रो तहदेखि नवौं तहसम्मको विज्ञापनका लागि दरखास्त आह्वान गरिएको हो ।
जसअनुसार, उपप्रबन्धकमा टेलिकम, लेखा, प्रशासन गरी ५ जना, वरिष्ठ टेलिकम इन्जिनियर २ जना, वरिष्ठ लेखा अधिकृत ४ जना, वरिष्ठ प्रशासकीय अधिकृत २ जना, वरिष्ठ व्यापार अधिकृत १ जना, टेलिकम इन्जिनियर (इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन) ४८ जना, टेलिकम इन्जिनियर (कम्प्युटर इलेक्ट्रिकल) ३२ जना, सिभिल इन्जिनियर ९ जना, सहायक लेखा अधिकृत १३ जना, सहायक प्रशासकीय अधिकृत १३ जना, सहायक व्यापार अधिकृत ११ जना, ओभरसियर १५ जना, टेक्निसियन ५३ जना, सहायक २८ जना र जुनियर टेक्निसियन ३४ जनालाई खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने गरि दरखास्त आह्वान गरेको हो ।
Advertisement 1
Advertisement 2
यही २३ मङ्सिर २३ सम्म आवेदन दिन सकिनेछ भने दोब्बर दस्तुर तिरेर पुस १ गतेसम्म आवेदन दिन सकिने छ ।
विज्ञापन अनुसार सहायक स्तरको पदका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको, तह ६ देखि तह ७ सम्मको अधिकृत स्तरको पदका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको तथा तह ८ र तह ९ को अधिकृत स्तरको पदका लागि २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने छ। साथै सबै पदका लागि महिला र अपाङ्गता भएका उम्मेदवारको हकमा उमेरको माथिल्लो हद ४० वर्ष ननाघेको हुनुपर्ने छ।