अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा महालक्ष्मी विकास बैंकद्धारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

काठमाडौं। अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरेको छ।

Advertisement 1

३३औं अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा बैंकले अपांगता भएका व्यक्तिहरुको बैंकिङ कारोबारलाई थप सहजीकरण गर्नका लागि उपलब्ध स्रोत साधनहरुको अधिकत्तम प्रयोग गरी बैंकको दरबारमार्ग शाखालाई अपांगमैत्री शाखाको रुपमा विकास गर्न प्रयास गर्ने बताएको छ।

साथै अपांगता भएका व्यक्तिहरुलाई सहज सेवा प्रदान गर्नको लागि दरबारमार्ग शाखामा एक जना कर्मचारीलाई सम्पर्क व्यक्ति तथा फोकल पर्सनको रुपमा खटाइएको बैंकले बताएको छ।

प्रकाशित :२०८१ मंसिर १९, बुधबार १४:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry