साना तथा मझौला होटल व्यवसायलाई प्रोत्साहनसँगै पर्यटकीय प्रवद्र्धनमा इसेवा

काठमाडौं। भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले सेवा विस्तारको क्रममा ७७ जिल्लाको ७५३ वटै स्थानीय तहमा आफ्ना एजेन्ट नेटवर्क पुर्याएको छ।

Advertisement 1

दैनिक जीवनमा आवश्यक पर्ने सबै प्रकारका सेवाको भुक्तानी गर्ने माध्यम बनेको इसेवाले पछिल्लो समय यात्रा तथा पर्यटकीय क्षेत्रमा पनि दिन प्रतिदिन अझै परिचित बन्दै गएको कम्पनीको दाबी छ।

बस, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकटदेखि केबलकार सम्मको टिकट खरिद गर्न सकिने इसेवाले यात्रुको सहजतासँगै पर्यटकीय विकाशमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ।

Advertisement 2

प्रयोगकर्ताको आवश्यकता अनुसारका सेवा सुविधा विस्तार गरेर जीवन सहज बनाउने क्रममा इसेवा थुप्रै नवीनतम सेवाहरु प्रदान गर्न सधैं तत्पर रहेको कम्पनीले पछिल्लो समय इसेवा होटल्स थालनी गरेको छ।

जसको माध्यमबाट प्रयोगकर्ताहरुले सजिलै होटल बुक गर्न सक्ने कम्पनीको भनाइ छ। नेपालको ५४ जिल्लाका प्रमुख शहरमा अवस्थित साना, मझौला तथा ठूला होटलहरु एकै ठाँउबाट सजिलै बुक गर्न सकिने इसेवा होटल्स हालको समयमा होटल बुकिङका लागि लोकप्रिय बनेको कम्पनीको दाबी छ।

प्रकाशित :२०८१ मंसिर २३, आईतवार १३:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry