राष्ट्रिय वाणिज्य बैंकमा ११७ जना अधिकृतको प्रवेश

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले ११७ जना अधिकृतलाई पूर्वसेवाकालिन तालिम दिएको छ। बैंकले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट प्रदेशगत रुपमा छनोट भई नवनियुक्त अधिकृतलाई १४ दिने तालिम सुरु गरेको हो।

Advertisement 1

तालिम बिहीबारबाट सुरु भएको बैंकले जानकारी दिएको छ। तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत देबेन्द्ररमण खनालले प्रतिस्पर्धी बजारमा बैंकले लिएको उद्देश्य कार्यन्वयनमा यो ठुलो संख्याको जनशक्तिको भूमिका महत्वपूर्ण हुने बताए।

Advertisement 2

जनताको ठुलो विश्वास राष्ट्रिय वाणिज्य बैंकप्रति रहेकाले व्यावसायिक ढंगबाट कार्य गर्ने सोच बनाउनुपर्ने उनले बताए।

विभिन्न प्रक्रिया पश्चात बैंकले एकपटक ठूलो संख्यामा युवा अधिकृतलाई नियुक्ति दिएर बैंकिङ क्षेत्रमार्फत देश र नागरिकको सेवा गर्ने अवसर प्रदान गरेको उनको भनाइ थियो।

प्रकाशित :२०८१ कार्तिक १, बिहीबार १२:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry