डाटाको सुरक्षाका लागि नेपाल एसबिआई बैंकका कर्मचारीले गरे प्रतिबद्धता

काठमाडौं। नेपाल एसबिआई बैंकका कर्मचारीले डाटा सुरक्षाका लागि प्रतिबद्धता व्यक्त गरेका छन्।

Advertisement 1

मंगलबार ‘डाटा गोपनीयता दिवस’ को अवसरमा बैंकका कर्मचारीहरूले बैंकको नीतिअनुरुप डाटा सुरक्षामा सजग, सचेत रहने र कार्यस्थल तथा ग्राहकको व्यक्तिगत तथा वित्तीय जानकारीहरु गोप्य राख्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले प्रधान कार्यालयका सबै कर्मचारीलाई उक्त प्रतिबद्धता गराएका हुन्।

Advertisement 2

कार्यक्रममा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तीय अधिकृत राजेश कूमार पंडा, प्रमुख सञ्चालन अधिकृत, विकास आनन्द, प्रमुख जोखिम तथा अनुपालन अधिकृत, विष्णुदेव यादव, प्रमुख कर्जा अधिकृत, अर्जुन नेपाल र अन्य वरिष्ठ पदाअधिकारीहरूको पनि उपस्थिति थियो।

प्रकाशित :२०८१ माघ १६, बुधबार १३:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry