यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा कायम भएको छ।
Advertisement 1
केन्द्रीय बैंकले युरोपियन युरो १ को खरिददर १५५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७१ पैसा, युके पाउन्ड स्ट्रर्लिङ १ को खरिददर १८० रुपैयाँ ९६ पैसा र बिक्रीदर १८१ रुपैयाँ ७६ पैसा, स्वीस फ्र्याङ्क १ को खरिददर १६६ रुपैयाँ ५८ पैसा र बिक्रीदर १६७ रुपैयाँ ३१ पैसा कायम गरिएको जनाएको छ।
यस्तै, अष्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८७ रुपैयाँ २७ पैसा, क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९८ रुपैयाँ ८१ पैसा, सिङ्गापुर डलर १ को खरिददर १०३ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०४ रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ।
त्यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९ रुपैयाँ ६२ पैसा, चिनियाँ युआन १ को खरिददर १८ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८ रुपैयाँ ७५ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ३६ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४९ पैसा, कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५६ पैसा तोकिएको छ।
Advertisement 2
केन्द्रीय बैंकका अनुसार थाई भाट १ को खरिददर चार रुपैयाँ ०८ पैसा र बिक्रीदर ४ रुपैयाँ १० पैसा, युएई दिराम १ को खरिददर ३७ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७ रुपैयाँ २७ पैसा, मलेसियन रिङ्गेट १ को खरिददर ३० रुपैयाँ ८८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०२ पैसा निर्धारण भएको छ।
यसैगरी, साउथ कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९ रुपैयाँ ६२ पैसा, स्वीडिस क्रोनर १ को खरिददर १४ रुपैयाँ १७ पैसा र बिक्रीदर १४ रुपैयाँ २३ पैसा र डेनिस क्रोनर १ को खरिददर २० रुपैयाँ ७६ पैसा र बिक्रीदर २० रुपैयाँ ८५ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङकङ डलर १ को खरिददर १७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १७ रुपैयाँ ६४ पैसा, कुवेती दिनार १ को खरिददर ४४४ रुपैयाँ ५४ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ५० पैसा, बहराइन दिनार १ को खरिददर ३६१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३६३ रुपैयाँ २० पैसा, ओमनी रियाल १ को खरिददर ३५४ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ५९ पैसा रहेको छ । यस्तै, केन्द्रीय बैंकले भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।