नेपाल एसबिआई बैंकद्वारा नेपाल राष्ट्रिय कर्णाली माध्यमिक विद्यालयमा
काठमाडौं। नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कैलालीको लम्कीचुहा नगरपालिका वडा नं ३, स्थित नेपाल राष्ट्रिय कर्णाली माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि स्कुल ब्याग, शैक्षिक सामाग्री तथा पोसाक वितरण गरेको छ।
Advertisement 1
उक्त सामग्रीहरु बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले विद्यालय व्यवस्थापन समिति अध्यक्ष बसन्ती बलामी र प्रधानाध्यापक जंगबहादुर तारामीलार्ई एक कार्यक्रमका बिच हस्तान्तरण गरेका थिए।
सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पंडा, प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रबद्र्धन अधिकृत रितेश अर्याल र बैंकका सुदुर पश्चिम प्रदेश प्रमुख सन्तोषकुमार भन्डारीलगायत शिक्षकहरुको उपस्थिति थियो।