राष्ट्रिय वाणिज्य बैंकले ल्यायो निजी गाडी कर्जा योजना
काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले निजी गाडी कर्जा योजना ल्याएको छ। चाडपर्व उत्सव योजनाअन्तर्गत ७.७७ प्रतिशत स्थिर ब्याजदरमा निजी सवारी (रातो प्लेट) प्रयोजनको लागि ‘फेस्टिभ अफर अफ भेहकिल लोन’अन्तर्गत गाडी कर्जा योजना ल्याएको हो। मासिक किस्ताबन्दीमा कर्जा भुक्तानी गर्ने गरी बैंकले अधिकतमा एक करोड रुपैंयासम्म कर्जा लगानी गरिने बैंकले जानकारी दिएको छ।
Advertisement 1
कर्जा रकमको ०.५० प्रतिशत सेवा शुल्क लाग्ने बैंकले स्पष्ट पारेको छ। गाडीको कोटेशनमा अंकित मुल्यको विद्युतीय गाडी (इभी)को हकमा बढीमा ८० प्रतिशत र पेट्रोल/डिजेल गाडीको हकमा बढीमा ५० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्ने छ।
बढीमा ७ वर्षसम्म कर्जा अवधि दिइने यो योजना २०८१ भदौ १ देखि कातिक मसान्तसम्म मात्र लागू हुने छ। यो योजनाअन्तर्गत कर्जा लिइएका ग्राहकको कर्जा अवधिभर ब्याजदर परिवर्तन हुने छैन। निवेदन दिएको ७ कार्य दिनभित्र निर्णय दिने यस योजनामा गाडी कर्जासम्बन्धी अन्य प्रचलित नियमहरु आकर्षित हुने बैंकको भनाइ छ।