भृकुटीमण्डपमा नाडा अटो शो, ६ दिनसम्म चल्ने

काठमाडौं। यस वर्षको नाडा अटो शो सुरु भएको छ। विभिन्न ब्राण्डका सवारी साधनहरुहरुको कुम्भ मेलाका रुपमा प्रत्येक वर्ष लाग्दै आएको यो शो १६औं संस्करणको हो।
Advertisement 1
अर्थमन्त्री विष्णु पौडेलले शोको उद्घाटन गरे। काठमाडौंको भृकुटीमण्डपमा लाग्ने मेला ६ दिन अर्थात १६ भदौसम्म चल्ने आयोजकले जानकारी दिएको छ। यसवर्षको नाडा अटो शो ७५ हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ।
मेलामा झन्डै २ दर्जन नयाँ विद्युतीय सवारी मोडलसहित विभिन्न ब्राण्डका गाडी प्रदर्शनीका लागि राखिएका छन्।
प्रकाशित :२०८१ भाद्र ११, मंगलवार १३:३८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%