आज देशभरको मौसम सफा रहने
![](https://ekarmachari.com/wp-content/uploads/2024/11/mausam-1024x576-1.jpeg)
काठमाडौं। आज देशभरको मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
Advertisement 1
विभागका अनुसार आज दिउँसो कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ।
त्यसैगरी, आज राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ।
Advertisement 2
बिहीबार बिहान तराई तथा उपत्यकाका केही भागमा हुस्सु लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन, यातायात तथा उडानमा आंशिक असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन विभागले सम्बद्ध सबैलाई अनुरोध गरेको छ।
प्रकाशित :२०८१ मंसिर १९, बुधबार ०९:२९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%