सशस्त्रद्वारा २९ केजी गाँजा बरामद

सशस्त्र प्रहरी बलले आज २९ केजी प्रतिबन्धित गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वार्टर सुनसरीद्वारा २९ केजी गाँजा बरामद गरेको हो।

Advertisement 1

सुनसरी मातहत सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट साहेबगंजबाट खटिएको टोलीले जिल्ला सुनसरी देवानगंज गाउँपालिका -०५ साह टोल बोर्डर ईलाकामा नेपालबाट भारत तर्फ लैजादै गरेको अवस्थामा तयारी गाँजा २९ केजी बरामद गरेको छ । उक्त प्रतिबन्धित गाँजा आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय साहेबगंजमा बुझाईएको छ ।

बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपालको टोलीले उक्त परिमाणको अवैध लागू औषध तयारी गाँजा बरामद गरेको सप्रबल नेपाल नं.४ गण हे.क्वा. सुनसरीका गणपति सप्रउ लकेश कुमार तुम्वाहाङ्गफेले जानकारी दिए ।

प्रकाशित :२०८० माघ २८, आईतवार २०:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry