१ लाख ६० हजारमा झर्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ। बुधबारको तुलनामा बिहीबार २२ सय रुपैयाँले मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

Advertisement 1

महासंघका अनुसार बिहीबार सुनको मूल्य १ लाख ६० हजार रुपैयाँ प्रतितोला तोकिएको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार २ सय रुपैयाँ रहेको थियो।

यसअघि कार्तिक १५ गते १ लाख ७१ हजार रुपैयाँ प्रतितोलाको उचाइमा पुगेको सुनको मूल्य बिहीबार १ लाख ६० हजारमा झरेको हो।

Advertisement 2

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा आएको गिरावटका कारण नेपाली बजारमा पनि घट्न लागेको व्यवसायीले बताएका छन्।

बिहीबार चाँदीको मूल्य प्रतितोला १९ सय ५ रुपैयाँ तोकिएको छ। बुधबार चाँदीको कारोबार प्रतितोला १९ सय ४० रुपैयाँका दरले भएको थियो।

प्रकाशित :२०८१ कार्तिक २९, बिहीबार ११:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry