१ लाख ७० हजार रुपैयाँ नाघ्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम भएको छ। बुधबार नेपाली बजारमा सुनको मूल्यले १ लाख ७० हजार रुपैयाँ तोला नाघ्दै नयाँ कीर्तिमान कायम गरेको हो।
Advertisement 1
बुधबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
महासंघका अनुसार मंगलबार सुनको कारोबार प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा भएको थियो।
Advertisement 2
बुधबारका लागि चाँदीको मूल्य प्रतितोला २१ सय २० रुपैयाँ तोकिएको छ। यसअघि मंगलबार चाँदीको मूल्य २१ सय ५ रुपैयाँ रहेको थियो।
प्रकाशित :२०८१ कार्तिक १४, बुधबार ११:३४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%