दसैंपछिको पहिलो कारोबार १४ सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार दसैंपछिको पहिलो कारोबार सुरु भएकै दिन सुनको मूल्य बढेको हो।
Advertisement 1
यसअघि दसैंको विदा हुनुअघि असोज २३ गते प्रतितोला १ लाख ५९ हजार १ सय रुपैयाँका दरले कारोबार भएको सुनको मूल्य मंगलबारका लागि प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँ तोकिएको छ।
त्यस्तै मंगलबार चाँदीको मूल्य प्रतितोला १९ सय २५ रुपैयाँ तोकिएको छ। यसअघि २३ गते चाँदीको मूल्य प्रतितोला १९ सय रुपैयाँ रहेको थियो।
प्रकाशित :२०८१ आश्विन २९, मंगलवार १०:३८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%