नेशनल लाईफले गर्याे गण्डकी प्रदेशका अभिकर्तालाई सम्मान

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले पोखराको होटल ल्याण्डमार्कमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

Advertisement 1

आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बीमाशुल्क संकलन गरी गण्डकी प्रदेशबाट योग्य भएका २२५ जनाभन्दा बढी अभिकर्ता, विभागीय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सीईओ क्लब सदस्य बन्न सफल अभिकर्तालाई सम्मान कार्यक्रम सम्पन्न गरेको हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले गण्डकी प्रदेशबाट सीईओ क्लबका सदस्य भएका अभिकर्ताहरुलाई सीइओ क्लब सदस्यता वितरण गररेका थिए।

Advertisement 2

सो प्रदेशबाट आफ्नो कोडमा र सञ्जालमा प्रथम द्धित्तीय र तृत्तीय हुन सफल अभिकर्तालाई विशेष सम्मान तथा पुरस्कृत पनि गरिएको थियो।

प्रकाशित :२०८१ आश्विन १५, मंगलवार १६:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम