महालक्ष्मीका ग्राहकलाई लाइफ केयरमा छुट

महालक्ष्मी विकास बैंक लिमिटेड र लाइफ केयर हेल्थ सेन्टरबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापश्चात बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले लाइफ केयर हेल्थ सेन्टरमा ओपिडी टिकट, ल्याब सेवा, भिडियो एक्स–रे, एक्स–रे सेवा, इको, इसिजी र औषधिमा आर्कषक छुट प्राप्त गर्ने कुरा बैंकले जनाएको छ ।

Advertisement 1

यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने अभिप्रायका साथ यस बैंकले विभिन्न शाखाबाट जनचेतामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । बैंकले प्रदेश १ मा ५, प्रदेश २ मा १५, वाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १ सय ३ शाखामार्फत करिब ६ लाख ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवाहरू सरलिकृत तवरले प्रदान गर्दै आइरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

बैंकले ग्राहकको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस् भन्ने उद्देश्यले भिष्टा, इएमभि चिप वेष्ड ट्राभल्स कार्ड, इ कर्मश कार्ड र डलर कार्ड जारी गरिसकेको जनाएको छ ।

प्रकाशित :२०७८ पुष २८, बुधबार १२:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry