नेपाल बैंकको ३ महिनाको कमाई ५५ करोड
सरकारी स्वामित्वको नेपाल बैंकले ५५ करोडभन्दा बढी नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक बर्षको यही अवधिको नाफाभन्दा ४ करोड १४ लाखले कम हो ।
Advertisement 1
अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले ५८ करोड १८ लाख खुद नाफा कमाएकोमा यस वर्ष बैंकको खुद नाफा ५ दशमलव ४० प्रतिशतले घटेको हो ।खूद नाफा घटे पनि बैंकको संचालन नाफा भने बढेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ६१ करोड रहेको संचालन मुनाफा बढेर समीक्षा अवधिमा ७७ करोड ८९ लाख पुगेको छ । मुनाफा २७ दमलव ६० प्रतिशतले बढेर ७७ करोड ८९ लाख पुगेको छ । बैंकको खुद ब्याज आम्दानी ११ दशमलव ५४ प्रतिशतले बढेर १ अर्ब ४८ करोड पुगेको छ । त्यस्तै बैंकको निक्षेप २ दशमलव ३६ प्रतिशतले बढेर १ खर्ब ४५ अर्ब पुगेको छ भने कर्जा प्रवाह १ खर्ब ७ अर्ब रहेको छ ।बैंकको खराब कर्जा अनुपात भने बढेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा २।७५ प्रतिशत रहेकोमा खराब कर्जाको अनुपात बढेर यो वर्षको सोही अवधिमा ३ दशमलव ०२ प्रतिशत पुगेको हो । ११ अर्ब २८ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा १९ अर्ब ५७ करोड रहेको छ ।