कर्णालीका विद्यार्थीलाई महालक्ष्मी विकास बैंकको छात्रवृत्ति

काठमाडौं। महालक्ष्मी विकास बैंकले कर्णालीका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने नीतिअनुसार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो।
Advertisement 1
बैंकले कर्णालीका १० जिल्लाका सरकारी विद्यालयबाट माध्यमिक शिक्षा परिक्षा (एसईई) पास गरी काठमाडौं उपत्यकामा प्लस टु तथा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिईभिटी) अन्तर्गत डिप्लोमा अध्ययन गर्न चाहने तर घरको आर्थिक अवस्था नाजुक भएका जेहेन्दार विधार्थीलाई कर्णाली प्रदेश पर्यटकीय तथा साँस्कृतिक संरक्षण केन्द्र, कालिकोटसँगको समन्वयमा छात्रवृत्ति प्रदान गरेको जनाएको छ।
मंगलबार बैंकको केन्द्रिय कार्यालयमा आयोजित कार्यत्रमबीच छात्रवृत्ति बराबरको रकम प्रदान गरिएको हो।
प्रकाशित :२०८१ पुष १६, मंगलवार १६:४१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%













