राष्ट्रिय वाणिज्य बैंकको ‘प्रदेश विशेष कृषि कर्जा’ प्रोडक्ट सुरु

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले ‘प्रदेश विशेष कृषि कर्जा’ प्रोडक्ट सुरु गरेको छ।
Advertisement 1
सबै प्रदेशका कृषि क्षेत्रको विकासका लागि प्रदेशगत विशेष कृषि उपजका आधारमा अधिकतम ५ करोड रुपैयाँसम्म एक प्रदेश एक विशेष कार्यक्रम अन्तर्गत प्रदेश विशेष कृषि कर्जा प्रदान गर्ने प्रोडक्टको सुरु गरिएको हो।
कानुनी रुपमा फर्म वा कम्पनीमा दर्ता भई कृषि व्यवसायमा आबद्ध १८ वर्षदेखि ६५ वर्ष उमेरसम्मका नेपाली नागरिकले कर्जाको लागि आवेदन दिन सक्ने बैंकले जानकारी दिएको छ।
Advertisement 2
कोशी प्रदेशमा अलैंची, मधेश प्रदेशमा माछा, बाग्मती प्रदेशमा कुखुरा, गण्डकी प्रदेशमा फलफुल, लुम्बिनी प्रदेशमा पशुपालन, कर्णाली प्रदेशमा जडिबुटी र सुदूरपश्चिम प्रदेशमा केरा खेतीलाई विशेष कृषि उपज निर्धारण गरी बैंकले कृषि कर्जा निर्देशिका, २०६९(संशोधन सहित) अनुसार लगानी गरिने बैंकको भनाइ छ।
यो कर्जाको अवधि अधिकतम १० वर्षको रहने बैंकले बताएको छ।