समायोजनप्रति कर्मचारीहरुको असन्तृष्टि,उत्रिए पेन डाउनमा

हिमालयन र सिभिल बैंकको मर्जरप्रति असन्तृष्टि जनाउँदै कर्मचारीहरु विरोधमा उत्रिएका छन् ।
Advertisement 1
कर्मचारी समायोजनप्रति चित्त नबुझेपछि उनी स्वेच्छिक अवकास सुविधा रोजेर बाहिरिने तयारीमा छन् । हिमालयन बैंकमा जाँदा एक तह घट्नु पर्ने भन्दै सिभिल बैंकका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।
कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै सिभिल बैंकका कर्मचारीहरुले आन्दोलन सुरू गरेका छन् । सिभिल बैंकका वरिष्ठ सहायक तहदेखि तल तहका कर्मचारीहरु हिमालयन बैंकसंग मर्जरमा जादा कायम रहेको दर्जा घटुवा गर्ने ब्यवस्थापन र एचआर निर्णय बिरुद्ध उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
Advertisement 2
सिभिल बैंकका कर्मचारी युनियनका अध्यक्ष सत्यन्द्र निरौलाका अनुसार हिमालयनमा समायोजन हुँदा एक तह घटुवा हुने गरी कर्मचारी समायोजन गर्न लागिएको विरोधमा आज ४ घण्टा देशभरका शाखा कार्यालयमा पेन डाउन गरिएको हो ।
Advertisement 3
आन्दोलनरत कर्मचारीहरुले हिमालयन बैंकसँग गाभिँदा बहालरत पद घटाउने, सेवा सुबिधा कटौती गर्ने जस्ता निर्णयबिरुद्ध नेपाल राष्ट्र बैंकमा निवेदन दिने तयारी समेत भइरहेको जनाएका छन् । उनीहरुले यो निर्णयविरुद्ध सर्बोच्च अदालतको ढोका ढकढकाउने तयारी समेत भइरहेको जनाएका छन् ।