९ महिनामा गोर्खाज फाइनान्सद्धारा ७ अर्ब १० करोड निक्षेप संकलन गरी ५ अर्ब ४७ करोड कर्जा लगानी

गोर्खाज फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

Advertisement 1

वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीले ९ करोड ४९ लाख रुपैयाँ खु्द नाफा आर्जन गरेको छ । गत वर्षको यही अवधिसम्मको तुलनामा ६५.३२ प्रतिशतले कम हो । गत वर्ष यही अवधिसम्म कम्पनीले २७ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यो अवधिसम्म कम्पनीको सञ्चालन मुनाफा पनि ६५.०५ प्रतिशतले घटेर १३ करोड ५७ लाख रुपैयाँमा सीमित बनेको छ । गत वर्ष यही अवधिसम्म कम्पनीको सञ्चालन मुनाफा ३९ करोड १० लाख रुपैयाँ रहेको थियो ।

Advertisement 2

समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी पनि ३२.६५ प्रतिशतले घटेर १५ करोड ३५ लाख रुपैयाँमा सीमित बनेको छ । गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी २२ करोड ७९ लाख रुपैयाँ रहेको थियो ।

चुक्तापुँजी ८६ करोड ७९ लाख रुपैयाँ रहेको कम्पनीले तेस्रो त्रैमाससम्म ७ अर्ब १० करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ४७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको यही अवधिमा कम्पनीले ८ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ३० करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

Advertisement 3

कम्पनीको खराब कर्जा अनुपात (एनपीएल) बढेर ८.४५ प्रतिशत पुगेको छ । गत वर्ष एनपीएल ३.७४ प्रतिशत थियो । कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १४.५८ रुपैयाँमा झरेको छ। गत वर्ष यही अवधिमा ईपीएस ४२.०५ रुपैयाँ रहेको थियो।

प्रकाशित :२०७९ बैशाख ८, बिहीबार १०:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry