राष्ट्रिय वाणिज्य बैंक र निओ रेमिट तथा युनाईटेड रेमिटबीच
काठमाडौं। जुनसुकै देशबाट निओ रेमिट तथा युनाईटेड रेमिटबाट पठाएको रेमिट्यान्स अब राष्ट्रिय वाणिज्य बैंकबाट प्राप्त गर्न सकिने भएको छ। बैंकका ७७ जिल्लामै रहेका २९४ शाखाबाट भुक्तानी पाउने गरी उक्त संस्थाहरुले सम्झौता गरेका हुन्।
Advertisement 1
मुलुकका दूर दराजमा रहेका ग्राहकले यो सुविधा लाभ पाउने अपेक्षा बैंकले गरेको छ। साथै उक्त रेमिटबाट सोझै खातामा जम्मा हुने गरी पठाएको रकम पनि भुक्तानी प्राप्तकर्ताको खातामा जम्मा हुने बैंकको भनाइ छ।
सम्झौतामा राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट विभागीय प्रमुख ऋषिराम ढकाल र निओ मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत सागर खनालले हस्ताक्षर गरेका छन्।
Advertisement 2
साथै युनाईटेड रेमिटका तर्फबाट सुदनसिंह सिलवालले हस्ताक्षर गरे।
प्रकाशित :२०८१ आश्विन ११, शुक्रबार १६:२२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%