ग्लोबल आइएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत सेयर धितो कर्जा लिन सकिने

काठमाडौं। ग्लोबल आइएमई बैंकले फास्ट लोन अगेन्स्ट सेयर प्लेटफर्म सार्वजनिक गरेको छ। यसअन्तर्गत इच्छुक ग्राहकले अनलाइनबाट सेयर धितो कर्जाको लागि आवेदन दिन सक्नेछन्।
Advertisement 1
बैंकले सार्वजनिक गरेको यस डिजिटल प्लेटफर्ममार्फत ग्राहकहरूले आफूसँग भएको सेयर धितो राखी सरल प्रक्रियाबाट सेयर धितो कर्जा प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ।
ग्राहकहरूले अनलाइनबाट यो प्लेटफर्म प्रयोग गरी कर्जाको आवेदन दिन र आवश्यक कागजातहरू बुझाउन सक्नेछन्।
Advertisement 2
अनलाइन आवेदन पूरा गरेपछि आवेदकले निवेदनको अवस्थाको बारेमा आफैले जानकारी लिन सक्नेछन्।
यो सेयर धितो कर्जाको सीमा हालका लागि न्यूनतम ५ लाख रुपैयाँदेखि अधिकतम २५ लाख रुपैयाँसम्म तोकिएको छ। कर्जाका लागि धितोको रुपमा स्वीकार गरिने सेयरहरू निवेदक स्वयंमको हुनु पर्नेछ।
Advertisement 3
निवेदकबाहेक अन्य व्यक्तिको सेयरहरू धितोको रुपमा स्वीकार नगरिने बैंकले बताएको छ। यो सुविधा बैंकले हालै सार्वजनिक गरेको डिजिटल युनिभर्समा पनि उपलब्ध छ।