कर्मचारी सञ्चय कोषका सदस्यलाई फोनपेको डिजिटल सुविधा
काठमाडौं। फोनपे पेमेन्ट सर्भिस लिमिटेड र कर्मचारी सञ्चय कोषबीच सम्झौता गरिएको छ। द्युई संस्थाबीच एपीआइमा आधारित होस्ट–टु–होस्ट भुक्तानीको सुविधा प्रदान गर्न सम्झौता गरिएको हो।
Advertisement 1
कर्मचारी सञ्चय कोषको एर्प (इआरपी) प्रणालीलाई फोनेपेको भुक्तानी प्रणालीसँग जोडेको छ।
यसो गर्दा, कर्पोरेट भुक्तानीहरु जस्तै, व्यवसायदेखि ग्राहक, व्यवसायदेखि व्यवसाय र व्यवसायदेखि सरकारसम्मको भुक्तानी सरल र सजिलो भएको बताएको छ।
Advertisement 2
साथै, यो व्यवस्थाले फोनपेको इन्टरओपरेबल बिलर प्लेटफर्म मार्फत सापटीहरूबाट प्राप्त रकम संकलन गर्न कर्मचारी सञ्चय कोषलाई सक्षम बनाउनेछ।
प्रकाशित :२०८१ आश्विन ११, शुक्रबार १२:४२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%