एनसेल एपमा पुलिस रिपोर्टको सुविधा

काठमाडौं। निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले आफ्नो ‘एनसेल एप’मा ग्राहकको आवश्यताअनुसार नयाँ सुविधा थपेको छ।

Advertisement 1

ग्राहकहरूले अब यो एपमार्फत प्रहरी चारित्रिक प्रमाणपत्र अर्थात् पुलिस रिपोर्ट लिनका लागि सजिलैसँग आवेदन दिन सकिने एनसेलले जानकारी दिएको छ। यस सुविधाले अब एक महत्वपूर्ण सार्वजनिक सेवा सहजै यो एपबाट पनि लिन सकिने कम्पनीको भनाइ छ।

सधैं अनप्रति कम्पनीको प्रतिबद्धता र ग्राहकको अनुभवलाई अझै अभिवृद्धि गर्दै लैजाने योजना अनुरुपम एनसेलले पुलिस रिपोर्टका लागि आवेदन दर्ताको सुविधा थपेको कम्पनीले बताएको छ।

Advertisement 2

प्रयोगकर्ताहरूले पुलिस रिपोर्टको लागि सिधै एपमार्फत आवेदन दिएर अनलाइनबाटै आफ्नो रिपोर्ट प्राप्त गर्न सक्ने छन्।

प्रकाशित :२०८१ भाद्र २१, शुक्रबार १२:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry