नाडा अटो शो २०२४ मा यामाहा डब्लुआर १५५ आर एडभेन्चर बाइक र एमटी–१५ भर्सन २ को अनावरण
काठमाडौं। यामाहाले काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हिजोदेखि सुरु भएको नाडा अटो शो २०२४ को उद्घाटनकै दिन रोमाञ्चक प्रभाव छोड्न सफल भएको छ।
Advertisement 1
प्रदर्शनीमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नयाँ एडभेन्चर बाइक यामाहा डब्लुआर १५५ आरको साथै एमटी–१५ भर्सन २ अनावरणका साथै एरोक्स, यामाहा एफजेडएस डिलक्सका प्रदर्शनले उपस्थितहरूलाई मोहित तुल्याएको थियो। यामाहाको स्टल रहेको इभेन्टको स्टल नम्बर एमएम १५ मोटरसाइकल पारखी र उत्साहीहरूका लागि घुम्नैपर्ने ठाउँ बनेको छ।
Advertisement 2
शोको उद्घाटनकै दिनमा लन्च गरिएको यामाहा डब्लुआर १५५ आरअफ रोड एडभेन्चर सेगमेन्टमा गेम चेन्जर बाइक हो। १५५ सीसी लिक्विड कूल्ड इन्जिन रहेको यसले प्रभावशाली १६.५ बीएचपी र १४.३ एनएम टर्क प्रदान गर्छ जसले जुनसुकै भूभागमा यात्रा गर्नका लागि एजिलिटीसँग शक्तिको संयोजन गर्छ।