‘तीनै तहका सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरी’

अध्यक्ष ढकाल – मन्तव्य
पाटन (ललितपुर), ४ चैतः नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल ललितपुर उद्योग वाण्ज्यि सङ्घको ५८औँ स्थापना दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा मन्तव्य राख्नुहुँदै । तस्बिरः माधवप्रसाद घिमिरेरासस
पाटन। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले तीनै तहका सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरी रहेकामा जोड दिएका छन्।
Advertisement 1
ललितपुर उद्योग वाणिज्य संघले आयोजना गरेको ५८औँ स्थापना दिवसका अवसरमा उनले केन्द्रीय सरकारले सहकार्य र सहजीकरणका माध्यमबाट कानुनी समस्या समाधान गर्दै लगानीमैत्री वातावरण तयार गर्नुपर्ने बताए।
सहकार्यका माध्यमबाट समृद्धि हासिलमा लाग्नुपर्नेमा उनले जोड दिए। ‘रोजगारी सिर्जना, पूर्वाधार निर्माणको काम निजी क्षेत्रको हो, यसका लागि स्थानीय सरकार र निजी क्षेत्रबीच सहकार्य अनिवार्य छ, ललितपुर महानगरले निजी क्षेत्रलाई गरेको प्रोत्साहन सराहनीय छ, प्रदेश सरकारसँग पनि सहकार्य गरेका छौं,’ अध्यक्ष ढकालले भने।
प्रकाशित :२०८१ चैत्र ४, सोमबार १४:३१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%