आईएमइ र कमर्स प्लेक्सबीच सम्झौता

काठमाडौं। आईएमइ लिमिटेड र कमर्स प्लेक्सबीच रेमिट्यान्ससम्बन्धी सम्झौता गरिएको छ। सम्झौतामा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेल, आईएमईका महाप्रबन्धक बद्री कटुवाल र कमर्स प्लेक्स लिमिटेडका व्यवसाय प्रमुख शाहरोज ए खानले हस्ताक्षर गरेका छन्।

Advertisement 1

सम्झौता कार्यक्रममा नेपाल र बंगलादेशका कन्ट्री म्यानेजर सञ्जना फरीद, नेपालका डेपुटी कन्ट्री म्यानेजर शैलेन्द्र जोशीलगायतको पनि उपस्थिति थियो।

कार्यक्रममा कमर्स प्लेक्स लिमिटेडका व्यवसाय प्रमुख शाहरोजले आइएमई लिमिटेडसँगको साझेदारीले वित्तीय समावेशीकरण र अतुलनीय सेवाको गुणस्तर प्रदान गर्न र प्रवासीहरूलाई भरपर्दो च्यानलहरूमार्फत पैसा पठाउनको लागि सशक्त बनाउन महत्वपूर्ण कदम अगाढी बढेको बताए।

Advertisement 2

आईएमइ लिमिटेड तथा कमर्स प्लेक्स लिमिटेड बीच यो साझेदारीले दुवै पक्षलाई अतुलनीय फाइदा पुग्ने विश्वास लिइएको छ।

प्रकाशित :२०८१ भाद्र १९, बुधबार १३:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry