सुरुवाती मूल्य ६० लाख सहित नेपाली बजारमा सार्वजनिक भयो एमजी हेक्टर

एसयुभि एमजी हेक्टर सार्वजनिक गरिएको छ । एमजी (मोरिस ग्यारेज) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रा.लि.ले नक्साल शोरुममा आज एक औपचारिक पत्रकार सम्मेलन गरी उक्त गाडि सार्वजनिक गरेको छ ।

Advertisement 1

१.५ लिटर टर्बोचार्ज्ड इन्टरकूल इन्जिनयुक्त हेक्टर शाइन एमटी र सिभिटि दुवै भेरियन्टमा उपलब्ध छ । हेक्टर एमटीको मुल्य रु.५९.९९ लाख र हेक्टर सिभिटिको मुल्य रु.६४.९९ लाख रहेको छ ।

सुरक्षा, शैली र फङ्सनालिटिको लागि हेक्टर इन्डियामा पहिलैबाट प्रशंसित छ । एसयुभि क्याटेगरीमै पहिलोपल्ट बोल्ड फ्रन्ट क्रोम ग्रिल, प्रोजेक्टर हेडल्याम्प, र स्टाइलिस आर १७ सिल्भर एलोइज, इलेक्ट्रिक सनरुफ, पुश बटन स्टार्ट, इलेक्ट्रिक पार्किङ ब्रेक, २६.४ सेमीको एचडी टचस्क्रिन सिस्टम र अन्य धेरै प्रमुख विशेषताहरू छन् जसले हेक्टरलाई बेन्चमार्कको रुपमा खडा गरेको छ ।

Advertisement 2

एसयूभीका अन्य भेरियन्टसँग तुलना गर्दा यो नेपाली सडक र ट्राफिकलाई उपयुक्त हुने दाबी गरिएको छ । भारतमा बनेको यो एसयुभि नेपालस्थित सम्पूर्ण डिलरशिपहरुमा उपलब्ध छ । यो हेक्टरको नयाँ मिड–स्पेक भेरियन्ट हो जुन बजारमा उपलब्ध मिड साइज एसयुभिहरुको लो––स्पेक र टप–स्पेक ट्रिमहरू बीचमा छ ।

Advertisement 3

हेक्टर साइन एमटीको मूल्य ५९ लाख ९९ हजार, स्मार्ट एमटीको मूल्य ६७ लाख ९९ हजार र सार्प एमटीको मूल्य ७३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । त्यसैगरी हेक्टर साइन सीभीटीको मूल्य ६४ लाख ९९ हजार, स्मार्ट सीभीटीको मूल्य ६७ लाख ६० हजार र सार्प सीभीटीको मूल्य ७८ लाख २५ हजार रुपैयाँ तोकिएको छ ।

फरक शैली र कार्यका लागि हेक्टर भारतमा निकै नै रुचाइएको एसयूभी हो । यसमा एसयूभी क्याटागोरीमै पहिलो पटक बोल्ड फ्रन्ट क्रोम ग्रिल, प्रोजेक्टर हेडल्याम्प, स्टाइलिस आर १७ सिल्भर एलोइज, इलेक्ट्रिक सनरुफ, पुस बटन स्टार्ट, इलेक्ट्रिक पार्किङ ब्रेक, २६.४ सेमीको एचडी टचस्क्रिन सिस्टम र अन्य धेरै विशेषता छन् ।

त्यसैगरी एमजी हेक्टर एसयूभीमा ड्युअल फ्रन्ट एयरब्याग्स, ईबीडीको साथमा एबीएस, ईएसपी, ट्रयाक्सन कन्ट्रोल, रियर पार्किङ सेन्सर र चारै ह्विलमा डिस्क ब्रेक जस्ता फिचर रहेको छ ।

नेपाली बजारमा एमजी हेक्टर एसयूभीले एउटा नयाँ बेन्चमार्क कायम गर्ने र एसयूभी पारखीको ध्यान खिच्ने विश्वास लिएको कम्पनीको भनाइ छ ।

प्रकाशित :२०७८ मंसिर २४, शुक्रबार ०८:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry