‘बेस्ट इन डिजिटल अवार्ड’ एनआईसी एशिया बैंकलाई

काठमाडौं। ‘बेस्ट इन डिजिटल अवार्ड’ एनआईसी एशिया बैंकले पाएको छ। इण्डियन चेम्बर अफ कमर्स (आईसीसी) इमर्जिङ एसिया बैंकिङ अवार्ड एनआईसी एशिया बैंकले पाएको हो।

Advertisement 1

‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप बैंकिङ सेवाहरू क्रमिक रुपले डिजिटल माध्यममा रुपान्तरण गरिरहेकाले बैंकले उक्त अवार्ड पाएको हो। उक्त पुरस्कारले बैंकले अघि बढ्न थप प्रेरणा मिलेको बैंकको भनाइ छ।

उक्त पुरस्कार यही अगष्ट २३ मा भारतको नयाँ दिल्लीमा आयोजना गरिएको ‘बैंकिङ कनक्लेभ २०२४’ कार्यक्रममा यस बैंकलाई प्रदान गरिएको थियो। यस अवार्डमा विमस्टेक अन्तर्गतका राष्ट्रहरु नेपालसहित भारत, श्रीलंका, भुटान, म्यानमारलगायत देशहरुका बैंकहरुले प्रतिस्पर्धा गरेका थिए।

Advertisement 2

यी देशका बैंकहरुले विभिन्न ८ विधामा प्रतिस्पर्धा गरेका थिए। अवार्ड छनोटका लागि उत्कृष्ट बैंक विभिन्न १७ वटा सूचकहरु निर्धारण गरिएको थियो।

प्रकाशित :२०८१ भाद्र १०, सोमबार ११:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry