द सेन्चुरियन होटल र नेक्सजेन म्यानेजमेन्ट बीच सम्झौता बारेको

काठमाडौं। विराटनगरमा रहेको द सेन्चुरियन होटल र नेक्सजेन म्यानेजमेन्टबीच सम्झौता गरिएको छ। संस्थाको पूँजी वृद्धि, लगानीकर्ता जुटाउन र होटल संचालन सम्बन्धी दुई पक्षीय सम्झौता गरिएको हो। सम्झौतापत्रमा सेन्चुरीयन होटलको तर्फबाट अध्यक्ष मोतिलाल दुगड र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टरार्इले हस्ताक्षर गरेका छन्।

Advertisement 1

विराटनगर धरान रोडस्थित शहरमा स्थापना भएको द सेन्चुरियन होटल सञ्चालनक लागि अन्तर्राष्ट्रिय ब्राण्ड ¥याडिसन होटल ग्रुपसँग जुलाइ २०२२ मा सम्झौता भएको थियो। नेपालका प्रतिष्ठित उद्योगपति तथा पूर्वमन्त्री मोतिलाल दुगडको नेतृत्वमा सेन्चुरी ग्रुप अफ कम्पनीअन्तर्गत पाँचतारे होटल सञ्चालन हुनेछ।

होटललाइ पाँचतारे तथा अन्तर्राष्ट्रिय स्तरको बनाउन र अन्य थप आवश्यक निर्माण र साजसज्जाको लागि आवश्यक पर्ने थप पूँजी जुटाउने उद्देश्यले सम्झौता गरिएको कम्पनीले जानकारी दिएको छ। सम्झौताले थप संस्थापक लगानीकर्ता ल्याउन पनि सहज हुने भएको छ।

Advertisement 2

नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालि पूर्वबैंकरहरू समेतको लगानीमा स्थापित सम्पत्ति व्यवस्थापन र व्यवसायिक परामर्शदाता कम्पनी हो।

प्रकाशित :२०८१ जेष्ठ ३१, बिहीबार १५:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry