स्टक एक्सचेञ्जको अध्यक्षमा सहसचिव मैनाली नियुक्त

अर्थ मन्त्रालयका सह सचिव दीर्घराज मैनाली नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को अध्यक्षमा नियुक्त भएका छन् ।
अर्थ मन्त्रालयको सोमबारको निर्णय अनुसार मैनाली नेप्सेको अध्यक्ष तथा संचालक पदमा मनोनयन भएका हुन् । यस अघिका नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपानेको ४ वर्षे कार्यकाल गत जेठ महिनाको पहिलो सातादेखि सकिएपछि अर्थ मन्त्रालयले मैनालीलाई अध्यक्ष बनाएर पठाएको हो ।
मैनालीले मंगलबार एक कार्यक्रमका बीच पदबहाली गरेका छन् ।अध्यक्ष मैनालीलाई नेप्सेका प्रमुख कार्यकरी अधिकृत चन्द्र सिंह साउद, अन्य संचालकहरु तथा नेप्सेका उच्च ब्यबस्थापाकहरुले स्वागत गरेका थिए ।

Advertisement 1

पद बहालीपछि मैनालीले धितोपत्रको दोस्रो बजार तथा समग्र पुंजी बजारको उन्नतिको आफु प्रतिबद्ध रहने बताएका छन् । पुंजी बजार मार्फत मुलुकको आर्थिक विकासमा पुर्याउन सकिने योगदानका सन्दर्भमा नेप्से संचालक समितिको अनुभवी सदस्ताहरु तथा ब्यबस्थापनबाट आवश्यक सहयोग प्राप्त हुने अपेक्षा उनले ब्यक्त गरेका छन् ।

प्रकाशित :२०७८ असार १५, मंगलवार १५:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry