ब्रिटिस कलेजले पायो नेपालमा पहिलो पटक ‘ग्रिनिङ एजुकेशन पार्टनर’को मान्यता
काठमाडौं। ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गत ‘द ब्रिटिस कलेज’ले नेपालमा पहिलो पटक ‘ग्रिनिङ एजुकेशन पार्टनर’ (हरित शिक्षा साझेदारको) मान्यता प्राप्त गरेको छ। संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)को दिगो विकासका लागि शिक्षाअन्तर्गत यस विश्वव्यापी साझेदारीले शिक्षाको माध्यमबाट जलवायु संकटलाई सम्बोधन गर्ने लक्ष्य राख्दै व्यक्तिगत र सामाजिक रूपान्तरणका लागि आवश्यक पाठ्यक्रमको परिवर्तन गर्ने पनि बताएको छ।
Advertisement 1
ब्रिटिस कलेजले प्रदान गर्दै आएको बीबीए शैक्षिक कार्यक्रम अन्तर्गत ‘इनोभेट फर इम्प्याक्ट’ (आईएफआइ) परियोजनामा गरेको उत्कृष्ट कार्यको परिणामस्वरुप कलेजले संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)बाट यो मान्यता पाएको हो।
हरित शिक्षा प्रवद्र्घनमा ब्रिटिस कलेजको प्रयास तथा दृढ संकल्पको आधारमा गरिएको मूल्याङ्कन प्रक्रिया पछि यस मान्यता प्रदान गरिएको हो। ब्रिटिस कलेज नेपालमा यो मान्यता प्राप्त गर्ने पहिलो विद्यालय भए संगै आफूलाई वातावरणीय रूपमा सचेत शिक्षणमा अग्रगामीको रूपमा स्थापित गरेको छ।
Advertisement 2
यस मान्यतासँगै ब्रिटिस कलेजले युनेस्कोको विभिन्न स्रोतहरु जस्तै, ज्ञान प्राप्त गर्ने, बिभिन्न कार्यक्रमहरुमा सहभागिता, परामर्श लगायतका अवसरहरुमा पहुँच प्राप्त गरेको छ। त्यसैगरि कलेजलाई आफ्नो नेटवर्क विस्तार गर्न र संयुक्त राष्ट्र संघको अन्य एजेन्सीहरुसँग सम्बन्ध निर्माण गर्ने ढोका खुलेको छ।
कलेजको उपलब्धिपछि प्रक्रिया दिँदै बीबीए तथा आईएफआई परियोजनाका प्रमुख सुनिता बस्नेतले भनिन्, ‘हाम्रो संस्थामा सस्टेनेबिलिटी र ग्रिन एजुकेशनबारे साझा दृष्टिकोण रहेको छ। त्यसैले यो उपलब्धि प्राप्त गर्नमा ब्रिटिस कलेजका सबै विभागका सहकर्मीहरुको भूमिका महत्वपूर्ण रहेको छ। हामी यस महत्वपूर्ण उपलब्धिमा कृतज्ञ छौं। साथै, आगामी दिनमा पनि यस्तो कार्यलाई बढावा दिन हाम्रो कलेज सक्षम रहेको छ।’
Advertisement 3
ग्रिनिङ एजुकेशन पार्टनरको रुपमा मान्यता पाएको ब्रिटिस कलेज, शिक्षा तथा अन्य संस्थाहरुलाई हरित तथा दिगो शिक्षालाई अग्रभागमा राखेर अघि बढ्न प्रेरित गर्दछ।