सिटिजन्स क्यापिटल लिमिटेड र सिद्धि हाइड्रो कम्पनी लिमिटेड बीच सम्झौता
सिटिजन्स क्यापिटल लिमिटेड र सिद्धि हाइड्रो कम्पनी लिमिटेड बीच २०८० चैत्र १५ मा एक समारोह बीच साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा सिद्धि हाइड्रो कम्पनी लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक श्री सन्तोष राज नेपाल तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सबिर बादे श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।
सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले सिद्धि हाइड्रो कम्पनी लिमिटेडको सार्वजनिक निष्काशको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले निमार्ण गरिरहेको आयोजना “सिद्धि खोला जलविद्युत आयोजना” इलाम जिल्लामा अवस्थित रहेको छ र सो आयोजना १० मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।
प्रकाशित :२०८० चैत्र १६, शुक्रबार १४:५१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%