नेपाल लाइफले मनायो २३ औँ वार्षिकोत्सव

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २३ औँ वार्षिकोत्सव देशव्यापी रुपमा विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाएको छ ।

Advertisement 1

सो अवसरमा देशका विभिन्न १२ स्थानबाट रक्तदान कार्यक्रम, १८५ वटै शाखामा वृक्षारोपण कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर तथा विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरू भव्यतापूर्वक सम्पन्न भएका हुन् ।

कम्पनीले गरेको रक्तदान कार्यक्रममा ४५७ पिन्ट रगत संकलन भएको छ । कोशी प्रदेशको दमकमा ३९, मधेश प्रदेशको वीरगञ्ंजमा ३२ र जनकपुरमा ३४, बागमती प्रदेशको नारायणघाटमा ४३, हेटौडामा ३२, ललितपुरमा ३८ र काठमाडौँमा ७०, गण्डकी प्रदेशको पोखरामा ४१, लुम्बिनी प्रदेशको बुटवलमा २५ र कोहलपुरमा ३८, सुदरुपश्चिमकोे महेन्द्रनगरमा ३२ र धनगढीमा ३३ पिन्ट रगत संकलन भएको सो कम्पनीले जनाएको छ ।

Advertisement 2

त्यस्तै, कम्पनीले केन्द्रीय कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर सन्चालन गरेको थियो । कर्णाली प्रदेशको सुर्खेतमा रहेको बादी सरोकार मञ्च नेपाललाई हजार लिटरको पानी ट्याङ्की प्रदान गरेको छ भने धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको हरियाली प्रवर्धन कार्यक्रमलाई १०० वटा वृक्ष रोप्नका निम्ति पाँच लाख रुपैयाँको आर्थिक सहयोग गरेको छ । कम्पनीले आफ्ना १८५ वटै शाखामार्फत् वृक्षारोपण गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सम्पूर्ण ग्राहकले गरेको विश्वास, कम्पनीको मेरुदण्डका रूपमा रहेको अभिकर्ताहरु, मार्गनिर्देशन प्रदान गर्नेे संचालक र आरोह अवरोधमा साथ दिने सबै कर्मचारीहरुप्रति आभार प्रकट गरे ।

Advertisement 3

 

प्रकाशित :२०८१ बैशाख २३, आईतवार ११:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry