नेपाल बैंकका कर्मचारीलाई बुद्ध एयरका सेवामा छूट
काठमाडौं। नेपाल बैंकका ग्राहकले बुद्ध एयरका सेवामा छूट पाउने भएका छन्। त्यसका लागि बैंक र एयरलाइन्स कम्पनीबीच सम्झौता गरिएको छ।
Advertisement 1
सम्झौताअनुसार बैंकका कर्मचारी र बैंकमा खाता भएका ग्राहकलाई एयरलाइन्सको हवाई सेवा र कार्गो सेवामा छुट पाइनेछ।
बुद्ध एयरलाइनसको काउन्टरमार्फत टिकट काट्दा ८ प्रतिशतसम्म र कार्गो सेवामा ३० प्रतिशतसम्म छुट पाइने गरी सम्झौता गरिएको बैंकले जानकारी दिएको छ।
प्रकाशित :२०८१ पुष २६, शुक्रबार १२:१८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%