डेंगीबाट १ जनाको मृत्यु, ३० जनामा हैजा पुष्टि

काठमाडौं। देशभर कीटजन्य तथा पानीजन्य रोगको सङ्क्रमण बढ्दै गएको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले डेंगीबाट १ जनाको मृत्यु भएको जानकारी गराएको छ।
Advertisement 1
गत पुसदेखि हालसम्म देशभर २ हजार ३ सय ६५ जना डेंगीबाट सङ्क्रमित छन्। डेंगी सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ।
कोशी प्रदेशमा ५ सय ३७, मधेसमा ४६, बागमतीमा ७ सय ४७, गण्डकीमा पाँच सय आठ, लुम्बिनीमा दुई सय ४७, कर्णालीमा ३८ र सुदूरपश्चिममा २ सय ४२ जना सङ्क्रमित भएका हुन्। काठमाडौँ उपत्यकामा दुई सय ८७ जना डेंगी संक्रमित छन्।
Advertisement 2
त्यसैगरी, हैजा सङ्क्रमितको संख्या पनि बढ्दै गएको छ। देशभर ३० जनामा हैजा पुष्टि भएको इडिसिडीले जनाएको हो।
प्रकाशित :२०८१ श्रावण २२, मंगलवार १३:०९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%