मन्त्रीका स्वकीय सचिवलाई प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्ति

थारू युवा सभाका अध्यक्ष एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको प्रमुख स्वकीय सचिव कानुनलाल चौधरी स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त भएका छन्। जावलाखेल स्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानकाे कार्यकारी निर्देशकमा चौधरी नियुक्त भएका हुन् ।

Advertisement 1

चौधरीले सोमबारदेखि नै कार्यभार सम्हालेका छन्। मन्त्री मोदीले प्रतिष्ठानको कार्यकारी निर्देशकको भूमिकामा रहेका सरकारका सहसचिव कुमार दाहाललाई मन्त्रालयको अतिरिक्त समूहमा तान्दै आफ्नै स्वकीय सचिव चौधरीलाई सो पदमा नियुक्ति गरेका हुन् ।

सामान्यतया प्रतिष्ठानमा सम्बन्धित क्षेत्रका विज्ञ प्राध्यपकहरूलाई नियुक्ति दिने गरिँदै आएको थियो । तर, मन्त्रीले अहिले नियुक्ति दिएका स्वकीय सचिव चौधरी औषधि व्यवसायी हुन् ।मन्त्रालय हेरफेर हुन सक्ने चर्चासँगै मोदीले आफ्नै स्वकीय सचिवलाई विशिष्ट श्रेणीको सेवासुविधा पाउने गरी प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्ति दिएछि उनको आलोचना भएको छ ।

Advertisement 2

 

प्रकाशित :२०७९ चैत्र २४, शुक्रबार ०९:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry