महोत्तरीमा डीएसपीमाथि आक्रमण

महोत्तरीमा प्रहरी नायव उपरीक्षक (डीएसपी) डीएसपी चन्देश्वर यादवमाथि आक्रमण भएको छ । धनुषाको प्रदेश प्रहरी गणमा कार्यरत्त डीएसपी यादवमाथि बिहीबार राति १० बजे आक्रमण हुँदा दायाँ खुट्टा फ्याक्चर भएको हो ।
Advertisement 1
महोत्तरीको जलेश्वर नगरपालिका २ बसपार्क नजिक विद्यापति नगरमा उनीमाथि आक्रमण भएको जिलला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले जानकारी दिए । उनका अनुसार ‘११ बजे राति घाइते अवस्थामा रहेको हामीलाई थाहा भएपछि अस्पताल भर्ना गराएका थियौं’ डीएसपी गिरीले भने, ‘अहिले उहाँको उपचार काठमाडौं स्थित प्रहरी अस्पतालमा भइरहेको छ ।’
घटना रहस्यमय रहेको र प्रहरीले लुकाउन खोजेको बुझिएको छ । घटनाको छानबिन गर्न मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले एसपी महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा तीन सदस्य समिति गठन गरेको छ । टोली शनिबार घटनास्थल पुगेर निरीक्षण समेत गरेको थियो ।
Advertisement 2