२३ सयले घट्यो सुनको मूल्य
काठमाडौं। सोमबार नयाँ मूल्यको कीर्तिमान कायम गरेको सुनको मूल्य मंगलबार २३ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला २ हजार ३ सय रुपैयाँ घट्दै छापावाल सुनको मूल्य १ लाख ४७ हजार ७ सय रुपैयाँ कायम भएको छ। यसअघि सोमबार हालसम्मकै उच्च १ लाख ५० हजार रुपैयाँ प्रतितोलाका दरले छापावाल सुन कारोबार भएको थियो।
Advertisement 1
मंगलबारका लागि तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ। सोमबार तेजाबी सुन प्रतितोला १ लाख ४९ हजार ५ सय रुपैयाँका दरले कारोबार भएको थियो। चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले घटेको महासंघले जानकारी दिएको छ। सोमबार चाँदी प्रतितोला १ हजार ७ सय ८५ रुपैयाँमा कारोबार भएकामा मंगलबारका लागि १ हजार ७ सय २५ रुपैयाँ निर्धारण भएको छ।
प्रकाशित :२०८१ श्रावण २२, मंगलवार १२:३९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%