गल्फ एक्सचेन्जको रेमिट्यान्स एपबाट ग्लोबल रेमिटमार्फत नेपालमा पैसा पठाउन सकिने

काठमाडौं। ग्लोबल आइएमई बैंक र कतारमा अवस्थित गल्फ एक्सचेन्ज कम्पनीबीच सम्झौता गरिएको छ। सम्झौतासँगै अब कतारबाट नेपालमा गल्फ एक्सचेन्जको रेमिट्यान्स एपबाट नेपाल रेमिट्यान्स पठाउन सकिने भएको छ।

Advertisement 1

कतारमा रहेका नेपालीले गल्फ एक्सचेन्जको १७ वटा शाखा तथा गल्फ एक्सचेन्जको रेमिट्यान्स एपबाट ग्लोबल रेमिटमार्फत रेमट्यान्स पठाउन सक्ने ग्लोबल आइएमई बैंकले जानकारी दिएको छ।

‘ग्लोबल रेमिट मार्फत पठाएको रकम ग्लोबल आइएमई बैंकको सम्पूर्ण शाखा कार्यालयहरु तथा नेपाल भरी रहेको आइएमई लिमिटेड र जीएमई रेमिटको ५० हजारभन्दा बढी एजेन्टहरुबाट भुक्तानी लिन सकिनेछ,’ बैंकले भनेको छ।

प्रकाशित :२०८१ श्रावण १८, शुक्रबार ११:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry