विदेशमा कमाएको पैसा अब ज्योति विकास बैंकमा ६५ महिनामै डबल

ज्योति विकास बैंकले रेमिट्यान्स प्राप्त रकमलाई मुद्धती खातामा बचत गरि ६५ महिनामै डबल हुने ‘ज्योति रेमिट्यान्स दुई गुणा डिपोजिट’ मुद्धती खाता सञ्चालनमा ल्याएको छ ।

Advertisement 1

विदेशमा गरिएको मेहनतको कदर गर्दै बैंकले रकम डबल प्राप्त हुने मुद्धती योजना सार्वजनिक गरेको हो ।

व्यक्तिगत ग्राहकलाई लक्षित गरी ल्याइएको उक्त डबल मुद्दती खाता न्यूनतम मौज्दात १० हजार वा सोभन्दा बढी रकम जम्मा गरि खोल्न सकिने बैंकले जानकारी दिएको छ ।

Advertisement 2

सो खाता बैंकका सबै शाखा मार्फत विदेशमा रहेका ग्राहकले खोल्न सक्ने छन् । अनलायनबाट भिडियो केवायसी अपडेट गरी विदेशमा रहेका ग्राहकले खाता खोल्न सक्ने बैंकको भनाइ छ ।

खातामा ग्राहकलाई आवश्यक परेको खण्डमा साँवा रकमको ९० प्रतिशतसम्म ऋण सुविधा समेत पाइने बैंकले जनाएको छ । सो योजना २०७९ भदौ महिनासम्म मात्रै लागु हुने बैंकको भनाइ छ ।

Advertisement 3

त्यसैगरी रेमिट्यान्स आम्दानी बाहेकका ग्राहकहरुको लागि पनि ‘ज्योति दुई गुणा डिपोजिट’ मार्फत ७० महिनामै रकम डबल हुने मुद्दती योजना पनि सञ्चालनमा ल्याइएको छ ।

बैंकले हाल ११९ शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ६५ वटा एटीएममार्फत सेवा दिादै आएको छ ।

प्रकाशित :२०७९ भाद्र ६, सोमबार १३:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry