बाढीपहिरो र डुबानबाट प्रभावितलाई राष्ट्रिय वाणिज्य बैंकको २ करोड सहयोग

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले बाढीपहिरो र डुबानबाट प्रभावितलाई २ करोड रुपैयाँ सहयोग गरेको छ।
Advertisement 1
वर्षाका कारण देशका विभिन्न भागमा गएको बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लागि बैंकले २ करोड रुपैयाँ सहयोग गरेको हो।
बैंक सञ्चालक समिति अध्यक्ष दिलिपकुमार ढुंगानाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई २ करोड रुपैयाँको चेक रकम हस्तान्तरण गरे।
Advertisement 2
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको च.हि.न. ११३०१००००३७६२००१ खातामा दुई करोड रुपैयाँ मंगलबार ट्रान्सफर गरेको हो।
									
										प्रकाशित  :२०८१ आश्विन १८, शुक्रबार १२:०८																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

 
								

 
										



 
 
                             
 
                             
 
                             
 
                             
 
                            


 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                