मुख्यमन्त्री बानियाँद्वारा भाषा दिवसको शुभकामना

बागमती। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मातृभाषाहरुको सम्मान, शिक्षा र प्रयोगलाई बढावा दिन निरन्तर प्रयत्नशील रहेको बताएक छन्।

Advertisement 1

बागमी प्रदेश सरकारले ‘प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८०’ कार्यान्वयन गरी भाषा दिवस मनाइरहेको अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उनले उक्त कुरा बताएका हुन्।

सन्देशमा मुख्यमन्त्री बानियाँले प्रदेश सरकार बहुभाषिक नीतिलाई व्यवहारमा उतार्दै मातृभाषाहरुको सम्मान, शिक्षा र प्रयोगलाई बढावा दिन निरन्तर प्रयत्नशील रहेको उल्लेख गरेका छन्। साथै उनले सबै भाषाहरुको संरक्षण, प्रवद्र्धन र विकास गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन्।

Advertisement 2

“प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८०” कार्यान्वय गरी बागमती प्रदेश सरकारले तामाङ, नेपाल भाषा (नेवारी) लाई प्रदेशको सरकारी कामकाजको भाषाको रुपमा लागु गरेको वैशाख २४ गतेलाई प्रदेश सरकारले भाषा दिवसको रूपमा मनाउँदै आएको छ।

प्रकाशित :२०८३ बैशाख २४, बिहीबार १३:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry