पशुपतिनाथको भेटी चोरीमा संलग्न कर्मचारी पक्राउ

काठमाडौं। पशुपतिनाथ मन्दिरको भेटी चोरेको आरोपमा पशुपति क्षेत्र विकास कोषका ७ जना कर्मचारी पक्राउ परेका छन्। पक्राउ परेकाहरुले कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको निर्देशनमा भेटी चोरेको बताएका छन्।

Advertisement 1

पशुपति क्षेत्र विकास कोषले निगरानी गर्दा संस्कृति संरक्षण महाशाखाको भेटी गणना कक्षबाट कर्मचारीले नै भेटी लुकाएर लैजाने गरेको खुलेको सूचना प्रहरीलाई पुगेको थियो। सोही सूचनाका आधारमा प्रहरी वृत्त गौशालाको टोलीले ७ जना कर्मचारीसहित ८ जनालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार भेटी चोरेको आरोपमा कोषका नायब सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मणहरू नवराज घिमिरे, राम सापकोटा र लक्ष्मण सापकोटा, मन्दिरमा बाजा बजाउने कर्मचारीहरू अनिल परियार, सनिष कपाली, कुमार दमाइ र पशुपतिनाथ मन्दिर परिसरमा रहेको नेपाल इन्भेस्टमेन्ट मेघा बैंकको रकम संकलन केन्द्रका एक कर्मचारी छन्।

Advertisement 2

सोमबार रंगेहात पक्राउ परेका उनीहरुलाई प्रहीले मंगलबार सार्वजनिक गरेको हो। पशुपतिनाथ मन्दिरबाट दैनिक ३ लाख रुपैयाँदेखि साढे ३ रुपैयाँसम्म भेटी संकलन हुने गरेको छ। कोषाध्यक्षको निर्देशनअनुसार उनीहरुले दिनदिनै भेटी चोरी गर्ने गरेको खुलेको छ।

प्रकाशित :२०८१ जेष्ठ ८, मंगलवार १२:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry