देशकै कान्छी पालिका प्रमुख बन्दै सिर्जना लामा

नेकपा एमालेले आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको नाम टुंगो लगाउँदा २०७४ सालकी कान्छी उापध्यक्ष सृजना लामालाई अहिले अध्यक्षको उम्मेदवार बनाएको छ ।

Advertisement 1

एमालेले रसुवाका सबै पाँचवटै स्थानीय तहमा उम्मेदवारको नाम टुंगो लगाउँदा सृजना लामालाई नौकुण्ड गाउँपालिकाको अध्यक्षमा उठाउने निर्णय गरेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित उपाध्यक्षमध्ये उनी सबैभन्दा कान्छी थिइन् ।

तत्कालीन सरमथली गाविस वडा नं. ५ मा बुवा लवाङ नुर्पु लामा र आमा बुधमाया लामाको कोखबाट २०५२ मंसिर ४ गते जन्मिएकी लामा २१ वर्ष ५ महिना २८ दिन मै नौकुण्ड गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएसँगै सबै चकित परेका थिए ।

Advertisement 2

२०७४ को स्थानीय तहको निर्वाचनमा विजय हासिल गरेसँगै उनी देशकै कम उमेरकी उपाध्यक्ष बन्न सफल भएकी थिइन् । युवाहरु माझ अति नै लोकप्रिय सिर्जना उपाध्यक्षमा निर्वाचित भएपछि अहिले सबै युवाहरुको प्रेरणाकी श्रोत बन्न सफल भएकी छन् । उनै सिर्जना अहिले नेकपा एमालेको तर्फबाट नौकुण्ड गाउँपालिकाको प्रमुखमा सर्वसम्मत सिफारिस भएकी छन् ।

पार्टीमा अन्य प्रतिस्पर्धी भन्दा आफ्नो शैक्षिक योग्यता, सामाजिक क्रियाशीलताले आफू छानिएको उनको विश्वास छ ।२०७४ को निर्वाचन निकै चुनौतीपर्ण रहेको अनुभव उनीसँग छ । तर पनि आफ्नो आत्मविश्वास भने बलियो भएकै कारण निर्वाचन जितेको उनी बताउँछिन् । उनले गठबन्धनका उम्मेदवारसँग ८३ मतको अन्तरले मैले जितेकी थिइन् । पार्टी र जनताले पत्याएपछि जिम्मेवार बन्नुपर्ने भन्ने उनको स्पष्टता छ ।

प्रकाशित :२०७९ बैशाख १०, शनिबार १८:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry