पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा व्यापक कटौती, ४० मध्ये २४ सुरक्षाकर्मी फिर्ता

पूर्वराजा ज्ञानेन्द्र शाहलाई सरकारका तर्फबाट दिइदै आएको सुरक्षामा व्यापक कटौती हुने भएको छ ।

Advertisement 1

सरकारले अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षामा व्यापक कटौती गर्ने निर्णयसँगै पूर्वराजा शाहको सुरक्षामा खटिएका सुरक्षाकर्मीको संख्या पनि घटाउन लागेको हो । पूर्वराजा शाह र राजपरिवारका सदस्यको सुरक्षामा खटिएका २४ जना सशस्त्र प्रहरीलाई आज फिर्ता बोलाइएको छ ।

अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि, २०७७ अनुसार मापदण्डविपरीत रहेका सुरक्षाकर्मीहरुलाई फिर्ता बोलाइएको हो । पूर्वराजपरिवारको सुरक्षामा ४० जना सशस्त्र प्रहरी तैनाथ थिए । अब १६ जनामात्रै हुनेछन् । उनको सुरक्षामा रहने १६ जनाको कमाण्ड सशस्त्रका डीएसपीले गर्नेछन् । यसअघि अन्य अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षामा खटाइएका सुरक्षाकर्मी पनि फिर्ता भइसकेका छन् ।

Advertisement 2

सरकारको पछिल्लो निर्णयप्रति पूर्वराजा शाहका सचिवालयले भने असन्तुष्टि जनाएको छ । सचिवालयले नयाँ कार्यविधिबारे पुनर्विचार गर्न सरकारलाई आग्रह समेत गरेको छ ।

प्रकाशित :२०७७ चैत्र १७, मंगलवार १५:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry